NRN
पाँच राजदूतले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले आज ५ देशमा नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनले भारत, रुसी महासंघ, बेलायत, स्पेन र दक्षिण कोरियाका नवनियुक्त राजदूतहरूको शपथ भएको हो । 

भारतका लागि शंकर प्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाङ्फे, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे र रुसका लागि जंगबहादुर चौहान राजदूत नियुक्त भएका छन् । 

शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको शीतल निवासले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update