NRN
रास्वपाले बोलायो सचिवालय बैठक

सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । बैठक आज अपराह्न ४ बजे बस्दैछ ।

बैठकमा सभापतिविरुद्व अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ ।सभापति लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता भएपछि पहिलो पटक रास्वपाको सचिवालय बस्न लागेको हो ।

रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि सांसद पद पनि निलम्बन गर्न पत्राचार भइसकेको छ । संसद् सचिवालयले त्यसबारे निर्णय गरेको छैन ।

रास्वपा सांसदद्वय सोविता गौतम र गणेश पराजुली केही बेरअघि सभामुखको कार्यकक्षमा पुगेका हुन् । 

पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लगायत ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update