
नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् ।
इटहरीमा पुस ६ गतेदेखि पुस ८ गतेसम्म चलेको ५१ औं महाधिवेशनबाट सन् २०२५ का लागि थापा अध्यक्षमा विजयी भएकी हुन् ।
गएराति सार्वजनिक भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा थापाले ७६२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी जीवन कार्कीले ४५३ मत मात्रै ल्याएका छन् ।
राष्ट्रिय अध्यक्षमा निर्वाचित भएकी थापा सन् २०१९ मा मनोहरा जेसीजको अध्यक्ष थिइन् । सन् २०२१ मा राष्ट्रिय उपाध्यक्ष र सन् २०२३ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बनेकी थिइन् ।
यस्तै, राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । यस पदमा ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो भने चार जना निर्वाचित भएका हुन् ।
राष्ट्रिय उपाध्यक्ष सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बविता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल गरि १२ जना निर्वाचित भएका छन् ।
जेसीजमा १७८ शाखा छन् भने एक हजार दुई सयभन्दा बढी मतदाता थिए ।