NRN
मंगलबार चाँदी बढ्दा सुनको मूल्य स्थिर

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन आज पनि सुन सोही मूल्यमा कारोबार भइरहेको छ । 

त्यसैगरी, सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update