
कास्कीको पोखरामा मंगलबारदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव (हट एयर बेलुन फेस्टिभल) सुरू भएको छ ।
पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा फर्काउन सक्रिय भूमिका खेल्ने विश्वास साथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक महोत्सव आयोजना गरेको हो ।
क्रिसमससँगै अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर ९ देखि १७ पुस अर्थात् २४ डिसेम्बर २०२४ देखि १ जनवरी २०२५ सम्म हुन लागेको महोत्सवको स्थानीय संयोजन फेवा क्लबले गरेको छ ।
महोत्सवमा अमेरिका, स्पेन, थाइल्याण्ड, भियतनामलगायत देशका प्रतिनिधि पनि सहभागी छन् ।
महोत्सवमा मंगलबार १३ वटा बेलुन उडाइएको छ ।
स्वदेशी तथा विदेशी पर्यटक पोखरामा आकर्षित गर्न महोत्सव फलदायी हुने आयोजक बेलुन नेपाल प्रालिको भनाइ छ । यो महोत्सव ९ दिनसम्म चल्नेछ ।
४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृङ्खला सहित माछापुच्छ्रे र धौलागिरि साथै पोखरा उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने छ ।
महोत्वसमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ ।