बुधबार घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य घटेको छ ।
मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला एक सय रूपैयाँ घटेर महासंघका अनुसार आज प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।
मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय पाँच रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१ ११:५८
प्रतिक्रिया दिनुहोस्