
मोरङमा हात-खुट्टा बाँधिएको अवस्थामा अचेत भेटिएकी महिलाको बलात्कार भएको खुलेको छ ।
आइतबार मध्यान्हमा कटहरी गाउँपालिका-२ स्थित बाँसको झ्याङमा अचेत भेटिएकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ तीन जनालाई आइतबार राति नै पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कटहरी गाउँपालिका-२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जार छन् ।
मंगलबार मोरङको जहदा गाउँपालिका-३ की २३ वर्षीय महिला घरदेखि करिब २ किलोमिटर टाढा कटहरी गाउँपालिका-२ मा पर्ने खेतबारीको बीचमा रहेको बाँसको झ्याङमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीले महिलालाई उपचारका लागि कोशी प्रदेश अस्पतालमा पठाएको थियो ।
होसमा आएपछि प्रहरीले ती महिलासँग घटनाबारे सोधपुछ गरी अनुसन्धानको प्रक्रिया अघि बढाएको डिएसपी जोशीले बताए ।