NRN
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिका दुई सदस्य अदालतको आदेशबाट बर्खास्त

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिका दुई सदस्य अदालतको आदेशबाट बर्खास्त भएका छन् ।

उच्च अदालत पाटनले समितिका सदस्य भेषराज आचार्य र शशिकुमार शर्माको योग्यता नपुगेको फैसला सुनाएको हो ।

उच्च अदालतका न्यायाधीश सुदर्शनदेव पाण्डे र टीकाराम आचार्यको संयुक्त इजलासले पुस ३ गते दुवैले एक–अर्काविरुद्ध हालेका रिटको सुनुवाइ गर्दै दुवै जना विकास समिति सदस्य हुन अयोग्य रहेको फैसला गरेको हो ।

उनीहरु दुवै जनाको आचरणसमेत खराब रहेको भन्दै उजुरी परेको थियो ।

आयोजनाको काममा सीधै पैसा माग्ने गरेको र आफूलाई कमाउन प्रधानमन्त्रीले पठाएको भन्दै हाकाहाकी घुस खाने गरेको आरोप भेषराजमाथि छ ।

उनले विकास समितिका अध्यक्ष किरण पौडेललाई खुट्टा काट्ने, मार्ने जस्ता धम्की दिएको र कार्यालयमै आक्रमण गरेको भन्दै ललितपुर प्रहरीमा केही समयअघि जाहेरीसमेत परेको थियो ।

२०७७ सालमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा उनीहरु विकास समिति सदस्यमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update