जोरपाटीबाट ९२ लाख सहित ३ जना पक्राउ

जोरपाटीबाट प्रहरीले ९२ लाख रुपैयाँ सहित ३ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार स्रोत नखुलेको ९२ लाख नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रसुवा घर भएका जितबहादुर तामाङ र संखुवासभा घर भएका सन्तोष खाती र रवि धमला छन् ।
रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१ १५:१८
प्रतिक्रिया दिनुहोस्