NRN
लुम्बिनी प्रदेश सरकार र कर्णाली प्रदेश सरकारबीच १९ बुँदे साझा प्रतिबद्धतामा सहमति

लुम्बिनी प्रदेश सरकार र कर्णाली प्रदेश सरकारबीच १९ बुँदे साझा प्रतिबद्धतामा सहमति भएको छ ।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशमा विकास र समृद्धिको लागि दुई सरकारबीच सम्झौता भएको हो ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त साझा प्रतिबद्धतामा नेपालको संविधानले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मूल मर्मअनुरूप सहकारिता, सहअस्तित्व, समन्वय र पारस्परिक सहयोगको सिद्धान्तलाई आत्मसात् गर्दै दुई प्रदेशको अन्तरआबद्धता र सहकार्यलाई सुदृढ गर्दै कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको समग्र विकास र समृद्धिका लागि कर्णाली र लुम्बिनीका मुख्यमन्त्रीले प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरिएको छ । 

कार्यान्वयन गर्नेगरी प्रतिबद्धता गरिएको साझा संयुक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update