NRN
प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

तीन वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको हो ।

संस्कृत विश्वविद्यालयको उपकुलपति प्रा.डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयको उपकुलपति प्रा.डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा. शारदा थपलिया नियुक्त भएकी हुन् ।

उनीहरूले शुक्रबार कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

सो अवसरमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए ।

प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरूलाई कार्यकाल सफलताको कामना गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update