NRN
आज (आइतबार) प्रतितोला पाँच सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् शुक्रबार तुलनामा सुन यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो । 

शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो ।

शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय १५ रूपैयाँमा कारोबार भएको थियो । 

 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update