NRN
प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस

प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस भएका छन् ।

सभामुख देवराज घिमिरेले झापाको शिवसताक्षी गाउँपालिका वडा नम्बर २ का राईलाई आइतबार प्रतिनिधि सभा सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् ।

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि रिक्त रहेको पदमा राईलाई सिफारिस गरिएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ । 

राई अहिले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार छन् । उनी नेकपा (एमाले) निकट हुन् ।

झापाको शिवसताक्षी-२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update