NRN
श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन

संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।

समितिको आइतबारको बैठकले सरकारलाई धन्यवाद दिँदै त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापकमा कार्यरत नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

राजदूतमा नेपालीको नाम अनुमोदन गर्दैगर्दा संसदीय सुनुवाइ समितिले भने सरकारलाई धन्यवाद दिएको छ । 

मन्त्रिपरिषदको मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका नेपालीलाई सिफारिस गरेको थियो ।

राजदूत सिफारिस गर्दा समावेशी बनाउन समितिले दुई पटकसम्म परराष्ट्र मन्त्रीलाई बोलाएर छलफल गरेको थियो ।

प्रस्तावित राजदूत नेपालीले लुम्बिनीको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन पहल गर्नेलगायत प्रतिबद्धता जनाएका थिए । साथै उनले राजदूत सिफारिस समावेशी बनाएकोमा सरकार र समितिलाई पनि धन्यवाद दिएका थिए ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update