NRN
आइतबार दोहोरो अंकले घट्यो नेप्से, पाँच कम्पनीमा ‘नकारात्मक सर्किट’

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार २१.१२ अंकले घटेर २ हजार ६ सय ९ दशमलव ५८ विन्दुमा बन्द भएको हो ।

यसदिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । 

गत कारोबार दिन अर्थात् बिहीबार ५ अर्ब ३२ करोडको सेयर कारोबार भएकोमा आइतबार ५ अर्ब ४७ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा १५ करोड रूपैयाँ वृद्धि भएको हो ।

आज ३१६ वटा धितोपत्रको एक करोड १० लाख ९९ हजार २३९ कित्ता सेयर किनबेच भएको हो ।

आइतबार ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ वटाको घटेको छ । यस्तै, दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।

यसदिन महिला लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ४६१ रूपैयाँ ६० पैसा कायम भएको छ ।

आत्मनिर्भर लघुवित्तकाको मूल्य ९.९८ प्रतिशतले दरले बढेर प्रतिकित्ता मूल्य ६ हजार ५३० रूपैयाँ पुगेको छ ।

आइतबार पाँच कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ । 

सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशतका दरले घटेको छ । 

आइतबार प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य २४१ रूपैयाँमा २६ करोड १० लाख रूपैयाँको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १.१९ प्रतिशत घटेको हो ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जानकी फाइनान्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ८३३ रूपैयाँमा १६ करोड ९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो ।

यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशतले बढेको छ । वित्त समूहको परिसूचक सर्वाधिक ४.४७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update