
अस्ट्रेलियाले बक्सिङ डे टेस्ट जितेको छ । मेलवर्न क्रिकेट मैदानमा जारी खेलमा अस्ट्रेलियाले भारतलाई १८४ रनले पराजित गरेको हो ।
चौथो टेस्टमा जितसँगै पाँच खेलको सिरिजमा अस्ट्रेलियाले २-१ को अग्रता लिएको छ ।
यसअघि तेस्रो टेस्ट बराबरीमा सकिदा दोस्रो टेस्टमा अस्ट्रेलिया र पहिलो टेस्टमा भारत विजयी भएका थिए । अब सिरिजको पाँचौं तथा अन्तिम खेल जनवरी ३ देखि सिड्नीमा हुनेछ ।
अस्ट्रेलियाले दिएको ३४० रनको लक्ष्य पछाएको भारत १५५ रन बनाएर अल आउट भएपछि अस्ट्रेलियाले सहज जित हासिल गरेको हो ।
यस अघि अस्ट्रेलियाले पहिलो इनिंगमा ४७४ रन बनाएको थियो भने त्यसको जवाफमा भारतले ३६९ रन बनाएको थियो ।
पहिलो इनिंगमा १०५ रनको अग्रता हासिल गरेको अस्ट्रेलियाले दोस्रो इनिंगमा २३४ रन बनाएपछि भारतलाई ३४० रनको लक्ष्य दिएको थियो ।
अस्ट्रेलियाको यो जितपछि बोर्डर–गावस्कर ट्रफीमा अस्ट्रेलियाले २-१ ले अग्रता हासिल गरेको छ । जारी सिरिजमा दुवै टिम १-१ को बराबरीमा रहेको छ ।