NRN
बैतडी केन्द्रबिन्दु बनाएर आज ४.६ म्याग्निच्युडको भूकम्प

बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः ५४ बजे बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । 

आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ । 

 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update