NRN
३३.०८ अंकले घटेर नेप्से २५७६.५० विन्दुमा बन्द

मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । ३३.०८ अंकले घटेर नेप्से २५७६.५० विन्दुमा बन्द भएको हो ।

यसदिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने केही बढेको छ । 

गत कारोबार दिन अर्थात् आइतबार ५ अर्ब ४७ करोडको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ६७ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा २० करोड रूपैयाँ वृद्धि भएको हो ।

आज ३०८ वटा धितोपत्रको एक करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । 

मंगलबार २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ वटाको घटेको छ । यस्तै, तीन कम्पनीको मूल्य स्थिर रहेको छ ।

मंगलबार प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update