सुनको मूल्य एकैदिन प्रतितोला १४ सय रूपैयाँ बढ्दा चाँदीको मूल्य स्थिर

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ ।
मंगलबार प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक लाख ५१ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो ।
यस्तै, बुधबार चाँदीको मूल्य स्थिर रहेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ ११:१९
प्रतिक्रिया दिनुहोस्