NRN
नयाँ पार्टी गठनको तयारीमा रहेका भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

नयाँ पार्टी गठनको तयारीमा रहेका भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्दैछन् ।

बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गरी उनले आफ्ना योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

रावलले वाम, प्रगतिशील र प्रजातान्त्रिक विचारधाराका व्यक्तिहरू समेटेर नयाँ गैरकम्युनिस्ट पार्टी गठन गर्ने तयारी थालेका छन् । केही दिनअघि उनले नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल, सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीलगायतसँग पनि छलफल गरेका छन् ।

रावल पत्रकार सम्मेलनलगत्तै देश दौडाहामा जाने तयारी पनि गरिरहेका छन् ।

गत पुस १० गते बसेको नेकपा (एमाले) सचिवालय बैठकले रावललाई संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो । उनले २०७८ सालमा दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update