काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआइजी तामाङ

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले एआइजी तामाङलाई कार्यालयको प्रमुखको रूपमा सरूवा गरेको हो ।
यसअघि तामाङ अपराध अनुसन्धान विभाग (सिआइडी)का प्रमुख थिए ।
रानिपाखेरीमा कार्यरत रहेकी एआईजी किरण बज्राचार्य ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश मंगलबारदेखि अवकाशमा गएकी थिइन् । उनी अवकाशमा गएसँगै उनको ठाउँमा तामाङलाई पठाइएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको कमाण्ड गर्छ ।
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१ १२:४४
प्रतिक्रिया दिनुहोस्