आज (बिहीबार) नेपाली बजारमा पनि बढ्यो सुन–चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधबारको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँ किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१ ११:२१
प्रतिक्रिया दिनुहोस्