-1735799006.jpg)
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्ला सेक्रेटरी अमर खड्का (नवीन) लाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेका खड्कालाई घोराही उपमहानगरपालिका वडा नम्बर १९ बाट बुधबार पक्राउ गरेको हो ।
सुदखोर र मिटर ब्याजीको आरोपमा मंसिर ६ गते घोराही उपमहानगर १५ बिपी चोकनजिकै ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी ५७ वर्षीया श्रीमती माधवा बस्नेतमाथि खड्का नेतृत्वको समूहले दुर्व्यवहार गरेका थिए ।
त्यसअघि असोज २९ गते नेकपा (एमाले) दाङका जिल्ला सल्लाहकार सदस्य घोराही उपमहानगर १४ लखन पार्कनजिकै बस्ने दुर्गा पन्थमाथि मोसो दलेको उनीमाथि आरोप छ ।
दुवै घटना पछि नेकपा (बहुमत) का जिल्ला सेक्रेटरी अमरले निकालेर घटनाको जिम्मा लिएका थिए । दुवै घटना घटाएर अमर र उनका पार्टीका सदस्यहरू फरार थिए ।
उनीमाथि कानुनी कारबाही गरिने पनि प्रहरीले जनाएको छ ।