बाल कलाकार सचिन परियारको निधन

बाल कलाकार सचिन परियारको निधन भएको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि पुस ६ गते अस्पताल भर्ना गरिएका उनको केही दिनदेखि आइसीयूमा उपचार भइरहेको थियो ।
गुल्मीका १३ वर्षका सचिन सामाजिक सञ्जालबाट चर्चामा आएका थिए । भाइरल भएपछि उनले गीत गाउनुका साथै म्युजिक भिडिओमा अभिनयसमेत गरेका थिए ।
सचिनको निधनमा थुप्रै कलाकारहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१ १४:०९
प्रतिक्रिया दिनुहोस्