NRN
नेप्से ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा बन्द

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा बन्द भएको हो ।

यसदिन नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ ।

गत कारोबार दिन अर्थात् बुधबार तीन अर्ब ५९ करोडको सेयर कारोबार भएकोमा बिहीबार चार अर्ब ६० करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब एक करोड रूपैयाँ वृद्धि भएको हो ।

आज ३१५ वटा धितोपत्रको एक करोड ८६ हजार ७०५ कित्ता सेयर किनबेच भएको हो ।

यस्तै, बिहीबार १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ वटाको घटेको छ । यस्तै, ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बिहीबार प्रभु माहालक्ष्मी लाइफ इन्स्योरेन्स संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा न्यादी हाइड्रोपावर रहेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ भने बाँकी पाँच समूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update