एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा आज (शुक्रबार) पनि सुन–चाँदीको मूल्य बढेको छ ।

नेपाली बजारमा आज (शुक्रबार) पनि सुन–चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ १० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।
बिहीबार चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१ ११:१२
प्रतिक्रिया दिनुहोस्