माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १२ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।
बैठकमा आउँदो पुस २१ गतेदेखि सुरू हुने पार्टीको केन्द्रीय कमिटी बैठकका लागि अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवदेनमाथि आज स्थायी कमिटी सदस्यहरूले सुझाव दिने छन् ।
बिहिबारको बैठकमा अध्यक्ष प्रचण्डले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनको सारसंक्षेप सुनाएका थिए ।
उनले पार्टीका सबै केन्द्रीय सदस्यहरूले आफ्नो सम्पत्ति विवरण पार्टीलाई बुझाउनुपर्ने, जनजागरण अभियान चलाउने, गठबन्धन नगर्ने र आउँदो निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने लगायतका प्रस्ताव तयार पारेका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१ ११:३६
प्रतिक्रिया दिनुहोस्