
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गोरखाको पालुङटार नगरपालिकामा प्रथम सम्मेलन गरेको छ ।
पार्टीको संगठन निर्माणमा सक्रिय रहँदै आएका सन्तोष पोखरेल पालुङटार नगरपालिकाको प्रथम सम्मेलनबाट अध्यक्षमा चयन भएका हुन् ।
संयोजक भट्टराईले बिहीबार उक्त सम्मेलन उद्घाटन गरेका थिए । नयाँ शक्तिका नेताकार्यकर्ता तथा जनता बाजागाजासहित सम्मेलनमा उपस्थित थिए ।
उपाध्यक्षमा सुशीला श्रेष्ठ, सचिवमा भरतबाबु श्रेष्ठ, सहसचिवमा सीता भट्टराई, कोषाध्यक्षमा भरत देवकोटा चयन भएका छन् ।
योगेन्द्र गुरूङ, सुरज श्रेष्ठ, जमुना नेपाली, रामचन्द्र मरहट्ठा, भीम नेपाली, गुरूप्रसाद पौड्याल, राजु विक, शकुन्तला परियार, विष्णुमाया थापा, गणेश गुरूङ, चिजा नेपाली, रन्जना परियार, नारायण धौराली, अनिता देवकोटा पाण्डे, जंगबहादुर कार्की,.कमल बोगटी, सीताराम तामाङ, शान्ता सुनार, गुणराज गिरी, कुलराज श्रेष्ठ, कृष्णबहादुर कुमाल र गोपाल नेपाली सदस्य चयन भएका हुन् ।