एकैदिन प्रतितोला १५ सय रूपैयाँ घट्यो सुनको मूल्य
-1736056559.jpg)
साताको पहिलो कारोबार दिन अर्थात् आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा सुन यसदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।
शुक्रबार प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१ ११:४१
प्रतिक्रिया दिनुहोस्