रास्वपाले गर्यो संविधान संशोधनका लागि सुझाव कार्यदल गठन
संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल बनाइएको रास्वपाले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनका लागि सुझाव कार्यदल गठन गरेको छ ।
केन्द्रीय समिति बैठकले आइतबार प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको हो ।
कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य छन् ।
संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल बनाइएको रास्वपाले जनाएको छ ।
कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ ।
सातै प्रदेशमा हुने छलफलकको संयोजक भने सोही प्रदेशका पार्टी सभापति रहनेछन् ।
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१ १३:०५
प्रतिक्रिया दिनुहोस्