NRN

- राजन घिमिरे

प्रबासमा रहेता पनि नेपाली गीत - संगीतमा लागि परेकी सर्जक हुन् प्रीति घिमिरे । यिनै मिहेनती र क्षमताले भरिपूर्ण गायिका एबं सर्जक प्रीति घिमिरेले नयाँ गीत ल्याएकी छिन् ।

शुक्रबार उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘घरको यादले’ बोलको गीतमा शब्द र सङ्गीत कविन्द्र तामाङको रहेको छ ।

गीतमा गायिका घिमिरेले बाध्यतामा परदेशिने नेपालीको कथालाई निकै मार्मिक र मन छुने तरिकाले व्यक्त गरेकी छिन् । गीतमा घिमिरेले बाध्यताले प्रवास पुग्ने नेपालीको बुझाई र भोगाईलाई प्रस्तुत गरेकी छिन् ।

गायिका घिमिरे लामो समयदेखी अस्ट्रेलियाको सिड्नीमा बस्दै आइररेकी छिन् । उच्च शिक्षाका लागि सिड्नी पुगेकी उनि अष्ट्रेलियामा आयोजना हुने बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा उल्लेख्य सहभागिता जनाउंदै आइरहेकी छिन् ।

उनी अष्ट्रेलियामा क्षमता भएकी सर्जकको रूपमा स्थापित गायिकाको रूपमा चिनिन्छिन् ।

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update