NRN
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँतर्फ डाइभर्ट गरी अवतरण

काठमाडौँबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । 

उडान नं. ९५३ नम्बर कल साइन नाइन एन–एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिँदा काठमाडौँ डाइर्भट गराइएको बुद्ध एयरले जनाएको हो । 

जहाज ११ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो । 

७२ यात्रु र चार जना चालक दलका सदस्य रहेको जहाज सोमबार बिहान १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुरतर्फ उडेको थियो । 

जहाजलाई बुद्ध एयरको टेक्निकल टिमले चेकजाँच गरिरहेको र यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update