NRN
जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक

जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिन नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लबका सोमपाल कामीले अर्धशतक पूरा गरेका छन् ।

सोमबार पर्साको वीरगन्जस्थित नारायण क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा सोमपालले अर्को विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ५० रन पूरा गरेका हुन् ।

उनले ७३ बलमा सात चौका र एक छक्कासहित अर्धशतक पूरा गरे । आइतबारदेखि मधेसका दुई सहर जनकपुर र वीरगन्जमा सुरु प्रतियोगिताको यो पहिलो अर्धशतक हो ।

खेलको दोस्रो इनिङ जारी रहँदा ३५ ओभरमा आर्मीले सात विकेट गुमाएर १२९ रन बनाएको छ । सोमपालसँगै क्रिजमा रहेका विवेक यादवले रनको खाता खोलेका छैनन् ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update