NRN
मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर

नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

सोमबारदेखि स्थिर रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।  

त्यसैगरी, सोमबार प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँ कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update