NRN
मंगलबार बिहान गएको भूकम्पमा परी चीनमा कम्तीमा ५३ जनाको मृत्यु, ६२ घाइते

मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पबाट कम्तीमा ६२ जना घाइते भएका छन् ।

चिनिया सञ्चारमाध्यमहरूले भूकम्पको तीव्रता ६.८ म्याग्निच्युड भएको उल्लेख गरेका छन् भने नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको जनाएको छ ।

भूकम्पबाट नेपालमा भने हालसम्म कुनै मानवीय क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए । 

केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ । यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ ।

चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update