सातदोबाटोको अवैध कल सेन्टरबाट ५३ जना प्रहरीको नियन्त्रणमा

ललितपुरको सातदोबाटोस्थित एक घरमा अवैध कल सेन्टर चलाएको आरोपमा प्रहरीले ५३ जनालाई नियन्त्रणमा लिएको छ ।
कल सेन्टर सञ्चालन गरी अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको सूचनामा आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले गएराति छापा मारेको हो ।
घर भाडामा लिएर कल सेन्टर चलाइरहेको सूचना पछि प्रहरीको टोली खटिएको थियो । उनीहरू तीन तले घरमा बसेका थिए ।
कम्पनी नै दर्ता गरेर कल सेन्टर र जुवा खेलाउने लगायतका काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको छ ।
पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक छन् । अन्य सबै नेपाली नागरिक छन् । उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ १२:४३
प्रतिक्रिया दिनुहोस्