-1736243355.jpg)
मंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अङ्कले बढेको छ । नेप्से ६.१६ अंकले बढेर २६४६.८४ विन्दुमा बन्द भएको छ ।
यसदिन नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ ।
गत कारोबार दिन अर्थात् सोमबार ६ अर्ब ३० करोडको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब ३८ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९२ करोड रूपैयाँ कमी आएको हो ।
मंगलबार १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ वटाको घटेको छ । यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
मंगलबार सिन्धु विकास बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य ९५३ रूपैयाँ ९० पैसामा १६ करोड ९२ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता एक हजार १५५ रूपैयाँमा १४ करोड ५९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।