NRN
नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओली

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेताहरुले बोल्ने क्रम सकिएको छ ।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवदेनमाथि नेताहरूले धारणा राखिसकेका छन् । प्रतिवेदनमाथि बोल्न नेताहरुलाई तीन तीन मिनेट समय छुट्याइएको थियो ।

प्रतिवेदनमाथि नेताहरुले धारणा राखिसकेपछि उठेका प्रश्नहरुमा अहिले ओलीले जवाफ दिइरहेका छन् ।

आइतबारबाट जारी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

ओलीको सम्बोधनपछि आगामी योजनाबारे निर्णय गरेर बैठक समापन हुनेछ ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update