NRN
आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

लगातार दुई दिन अर्थात् सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।

मंगलबार प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज प्रतितोला एक लाख ५२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update