हेटौँडामा कार्यरत सब इन्जिनियर भट्टराई सेवाबाट बर्खास्त

सडक विभाग अन्तर्गत सडक डिभिजन हेटौँडामा कार्यरत सब इन्जिनियर पवन भट्टराईलाई सेवाबाट बर्खास्त गरिएको छ ।
विभागले बुधबार एक सूचना जारी गर्दै पुस १६ गतेको निर्णय अनुसार भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी भट्टराईलाई सेवाबाट हटाइएको जानकारी दिएको हो ।
नेपाल इन्जिनियरिङ सेवा सिभिल समूहको हाइवे उपसमूह राजपत्राङ्कित प्रथम श्रेणीका इन्जिनियर भट्टराई निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क) को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम बर्खास्त गरिएको जानकारी दिइएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१ ११:३६
प्रतिक्रिया दिनुहोस्