NRN
सेयर बजार परिसूचक (नेप्से) ६.५३ अंकले बढेर २६५३.३८ विन्दुमा बन्द

बुधबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ । नेप्से ६.५३ अंकले बढेर २६५३.३८ विन्दुमा बन्द भएको हो ।

यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । 

गत कारोबार दिन अर्थात् मंगलबार पाँच अर्ब ३८ करोडको सेयर कारोबार भएकोमा बुधबार छ अर्ब ४० करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब दुई करोड रूपैयाँ वृद्धि भएको हो ।

आज ३०५ वटा धितोपत्रको एक करोड ५५ लाख दुई हजार ७५१ कित्ता सेयर किनबेच भएको हो ।

बुधबार १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटाको घटेको छ । यस्तै, आठ कम्पनीको मूल्य स्थिर रहेको छ ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लाग्यो । 

बुधबार न्यादी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिन्धु विकास बैंक रहेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक घटेको छ भने ६ समूहको बढेको छ ।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.७७ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले घटेको छ । 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update