NRN
बिहीबार पनि बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य

नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो कारोबार दिन अर्थात् बुधबारको तुलनामा यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ४० रूपैयाँ कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update