NRN
आज (शुक्रबार) पनि बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

गत बुधबारदेखि बढ्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा शुक्रबार प्रतितोला आठ सय रूपैयाँले बढेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।

बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update