-1736494442.jpg)
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ ।
शुक्रबार एक कार्यक्रमबिच खेलकुद मन्त्री तेजुलाल चौधरी, सचिव पारस खड्का लगायतले महिला टोलीको बिदाइ गरेका हुन् ।
प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उप–कप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार र अलिसा कुमारी यादव रहेका छन् । यसैगरी, टोलीमा सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विक, किरन कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना कुमारी चौधरी, स्नेहा महरा र अनु कडायत छन् ।
यू–१९ महिला टी–२० विश्वकपको दोस्रो संस्करण मलेसियामा आयोजना हुँदैछ । प्रतियोगिता जनवरी १८ देखि फेब्रुअरी २ तारिखसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहने छ ।
नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपालका अतिरिक्त अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड पनि रहेका छन् ।