NRN
आयल निगम १० अर्ब नाफामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम १० अर्ब नाफामा रहेको बताएका छन् ।

शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

भट्टले भने, ‘स्वचालित मूल्य प्रणाली नभएको अवस्थामा मूल्य निर्धारण गर्न कठिन थियो । हरेक पटक मूल्य निर्धारणको समयमा निगम घेराउमा पर्ने गर्दथ्यो । स्कुल कलेज हड्ताल हुन्थे । नेपाल बन्द हुन्थ्यो । सडकमा टायर बालिन्थ्यो । २०७१ सालदेखि स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको छ । पहिलेका समस्याहरूको समाधान गरिएको छ ।’

२०७६ बाट सञ्चालनमा आएको मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइमार्फर डिजेल आयात हुँदा ३ रुपैयाँ प्रतिलिटर सस्तो परेको उनको भनाई छ । 

यसैगरी, नेपालमा अमलेखगन्जमा दोस्रो चरणको पेट्रोलियम पाइपलाइनको निर्माण सम्पन्न भइसकेको बताए ।  साथै अमलेखगन्ज–चितवन र  झापा शिलगुडि पाइपलाइन गरी दुई पाइपलाइन निर्माणको क्रममा रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update