NRN
एकैदिन प्रतितोला १६ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?

नेपाली बजारमा आज (आइतबार) पनि सुन–चाँदीको मूल्य बढेको छ ।

अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा सुन यसदिन प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो ।

शुक्रबार प्रतितोला एक लाख ५४ हजार एक सय रूपैयाँमा कारोबार भएको सुन आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला एक लाख ५५ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ । 

यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।

शुक्रबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update