NRN
कोशी प्रदेशसभाको अधिवेशन माघ ७ गते बोलाउन सिफारिस

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ सात गतेका लागि आव्हान हुने भएको छ ।

कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्नका लागी प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकले दिउँसो २ बजे बस्ने गरि बैठक आह्वान गरिएको जानकारी दिए ।

कोशी प्रदेश सभा लामो समयदेखि बस्न सकेको थिएन ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update