
मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
१०१ किलो गाँजा, २१ किलो ४६० ग्राम चरेस र ३ किलो ४७० ग्राम अफिमसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरू दुई जना भारतीय नागरिक र एक नेपाली छन् । उनीहरूलाई शनिबार बिहान र आइतबार बिहान पक्राउ गरी मकवानपुर प्रहरीले सार्वजनिक गरेको हो । राति अन्दाजी २ बजे डिएल ८ सिएक्स १२२४ नम्बरको कार चेकजाँच गर्दा त्यहाँबाट चरेस बरामद गरेको थियो ।
कारमा सवार दुई भारतीय नागरिकहरु हरियाणाको हिसार जिल्ला गोविन्दनगरका २५ वर्षीय कुनाल गोथ्वाल र सुवासनगरका २० वर्षीय मानिसकुमारलाई नियन्त्रणमा लिइएको हो ।
त्यस्तै, आइतबार बिहान साढे ५ बजे हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोइन्टमा भारतीय नम्बर प्लेट भएको डिएल १३ सी १५६१ कारलाई रोकेर चेकजाँच गर्दा १०१ किलो गाँजा फेला परेपछि कारचालक पर्साको वीरगन्ज महानगरपालिका-२६ अठराह सुगौलीका २० वर्षीय राजन रारूत कुर्मीलाई नियन्त्रणमा लिएको थियो ।