NRN
सोमबार सुनको मूल्य बढ्दा चाँदीकाे मूल्य भने स्थिर

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार तुलनामा सुनकाे मूल्य यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।  

 

त्यसैगरी, आइतबार प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update