NRN
नेपाली बजारमा आज घट्यो सुन- चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुन- चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुद्दको मूल्य एक लाख ५५ हजार ५०० रूपैयाँ छ ।अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला ८०० रूपैयाँले मूल्य घटेको छ । 

सोमबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार ८०० रूपैयाँ थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले घटेर एक हजार ८२० रूपैयाँमा कारोबार भइरहेको छ ।

 

अघिल्लो दिन एक हजार ८६० रूपैयाँमा किनबेच गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update